देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागार फर्किएका छन्।
फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेका कारागार व्यवस्थापन विभागले जनाएको छ।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो।
भागेकामध्ये अझै छ हजार ४९४ कैदीबन्दी फरार छन्। फरार हुनेमा कारागारबाट भागेका पाँच हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना छन्। उनीहरूको खोजी जारी रहेको न्यौपानेले जानकारी दिए।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ कैदीबन्दी भागेका थिए। यसबीचमा १० कैदीबन्दीको भने मृत्यु भएको छ। देशभरका कारागारमा कूल ३० हजार ६४६ कैदीबन्दी रहेकामा हाल २३ हजार ४४६ जना मात्रै रहेका छन्। रासस
Shares

प्रतिक्रिया