समाज


गुल्मीमा बस दुर्घटना हुँदा १५ जना घाइते

गुल्मीमा बस दुर्घटना हुँदा १५ जना घाइते

नेपालखबर
असोज १३, २०८२ सोमबार १७:५३, काठमाडौँ

गुल्मीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। 

बुटवलबाट तम्घास हुँदै अर्जेतर्फ जाँदै गरेको लु१ख ७७७६ नम्बरको बस दिउँसो साढे ३ बजे रेसुंगा नगरपालिका ४ मा दुर्घटनामा परेको हो।  

दुर्घटनामा १५ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था मध्यम छ भने ११ जनाको सामान्य छ। 

घाइतेहरुको जिल्ला अस्पताल तम्घास गुल्मीमा उपचार भइरहेको छ। 

प्रहरीका अनुसार ३÷४ जनालाई थप उपचारका लागि रिफर गर्नुपर्ने देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad