समाज


आज ३४ जिल्लामा बाढीको जोखिम, काठमाडौँसहित १७ वटामा ‘एल्लो अलर्ट’

आज ३४ जिल्लामा बाढीको जोखिम, काठमाडौँसहित १७ वटामा ‘एल्लो अलर्ट’

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८२ बिहिबार ८:४३, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशका विभिन्न स्थानमा बाढीको जोखिम देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ। 

बाढी महाशाखाका अनुसार आज देशका ठूला नदीहरू कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदीको बहाब उल्लेख्य मात्रामा बढ्ने सम्भावना छ। 

यसैगरी आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको जानकारी बाढी महाशाखाले दिएको छ। 

काठमाडौँसहित माथि उल्लिखित १७ जिल्लालाई बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो अलर्ट पनि दिएको छ। 

यसैगरी ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, कास्की, तनहुँ, स्याङजा, म्याग्दी, बाग्लुङ, पर्वत, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, प्युठान, दाङ, बाँके, बर्दिया र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad