समाज


पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो, काठमाडौँ आवतजावत बन्द

प्रमुख जिल्ला अधिकारी भन्छन्- पहिरो सफा नगरी गाडी चल्ने अवस्था छैन
पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो, काठमाडौँ आवतजावत बन्द

फाइल तस्बिर


नेपालखबर
असोज १९, २०८२ आइतबार १०:३, काठमाडौँ

गएको शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न स्थानका पहिरो खसेको छ। 

पहिरोले पृथ्वी राजमार्ग हुँदै गुड्ने सवारी साधन पूर्णरुपमा रोएिका छन्। 

स्थानीय प्रशासनले सडकमा रोकिएका सवारीहरु गन्तव्यतर्फ जान अनुमति दिएर शुक्रबार साँझदेखि अत्यावश्यकबाहेक अन्य सवारी आवागमनमा रोक लगाएको थियो। अहिले पृथ्वीराजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द छ। 

वेनिघाट रोराङ गाउँपालिका–१० ज्यामिरेघाटमा आज बिहान करिब ८ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको छ। 

यसैगरी थाक्रे गाउँपालिका–७ सातकिल्ला, गजुरी गाउँपालिका–५ घाटबेसी, गजुरी–६ जहरेखेत र बेनिघाट रोराङ –१० जवाङखोला क्षेत्रमा पनि पहिरो खसेको छ।  

आज बिहानै जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गरी पहिरोको जोखिम कम नभई राजमार्गको यात्रामा ननिस्कन र सूचनाको पूर्ण पालना गर्न यातायात व्यवसायी र यात्रुहरुलाई आग्रह गरेको छ।

त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे, पृथ्वीराजमार्गको नौबिसे मुग्लिन सडकको केही स्थान क्षतविक्षत बनेको छ। भलपानीले सडकमा थुपारेको गेग्रानले पनि सवारी सञ्चालन गर्न मुस्किल छ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले भन्, “सानाठूला पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध छ। विस्तारका क्रममा रहेको राजमार्गको ठाउँठाउँमा पहिरोको उच्च जोखिमको अवस्था सिर्जना भएको छ। पूर्ण रुपमा सडक सफा नगरी सवारी आवागमन गर्न सकिने अवस्था छैन।”

राजमार्गमा कतिखेर पहिरो खस्छ र सडक अवरुद्ध हुन्छ भन्ने आँकलन गर्न सकिने अवस्था नरहेको पनि उनले बताए। 

सडक अवरुद्ध हुने गरी पहिरो नझरेको स्थानमा पनि ढुङ्गा खस्ने र सडकमा बजारिने उच्च जोखिम छ। यसरी खसेको ढुङ्गा गुडिरहेको सवारीमा नबजारियोस् र मानवीय क्षति नहोस् भन्नाको लागि पनि पूर्ण रुपले सवारी आवागमनमा रोक लगाइएको सुवेदी बताउँछन्। 

पृथ्वी राजमार्गमा अहिले स्थानीय बासिन्दा अत्यावश्यक काममा मात्र आवतजावत गर्दैछन् भने एक जिल्लाबाट अर्को जिल्ला पुग्ने लामो दूरीका सवारीसाधन राजमार्गमा गुडेका छैनन्। 

वर्षा रोकिए पनि सडक सफा गर्न र सडक पुनःसञ्चालन गर्न अझै केही समय कुर्नुपर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad