समाज


दुर्गा पूजाको विषयमा विवाद: वडाध्यक्षले भत्काइदिए दलित समुदायको घर

दुर्गा पूजाको विषयमा विवाद: वडाध्यक्षले भत्काइदिए दलित समुदायको घर

वडाध्यक्ष रामकिशोर यादव


नेपालखबर
असोज २०, २०८२ सोमबार १२:११, काठमाडौँ

दसैँको दुर्गा पूजाको विषयमा विवाद हुँदा सिरहामा दलित समुदायको घर भत्काइदिएपछि वडाध्यक्ष पक्राउ परेका छन्। कल्याणपुर नगरपालिका ८ का वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका हुन्।  

जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी अनन्तराज शर्माका अनुसार अन्य १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दर्ता भएको छ।  

‘यसघटनामा संलग्न रहेको आरोपमा वडाध्यक्षसहित ३ जना पक्राउ परिसकेका छन्। १३ जनाविरुद्ध जाहेरी छ,’ शर्माले भने, ‘फरार रहेकाहरूको खोजी जारी छ। अनुसन्धान पनि जारी छ।’  

प्रहरीका अनुसार दसैँको दुर्गा पूजाको क्रममा स्थानीय दलित समुदायसँग विवाद भएको र विवाद भएसँगै ऐलानी जग्गामा रहेको दलित समुदायको ५ वटा घर वडाध्यक्ष यादवको टोलीले भत्काएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। 

‘३ वटा घर त बस्नै नमिल्ने गरी पूर्ण क्षति छ। २ वटामा पनि क्षति पुगेको छ’ उनले भने।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad