समाज


सुरु भयो पश्चिमी वायुको प्रभाव, राति यी प्रदेशमा हिमपातको सम्भावना

सुरु भयो पश्चिमी वायुको प्रभाव, राति यी प्रदेशमा हिमपातको सम्भावना

नेपालखबर
असोज २०, २०८२ सोमबार १९:३३, काठमाडौँ

नेपालबाट मनसुन बाहिरिँदै गर्दा पश्चिमी वायुको प्रभाव सुरु भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) सुदूरपश्चिम र कर्णाली प्रदेशको पूरै क्षेत्रबाट तथा लुम्बिनीको पश्चिमी भेगका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी क्षेत्रका थोरै स्थानबाट मनसुन हटेको हो।

योसँगै ती स्थानमा पश्चिमी वायुको प्रभाव सुरु भएको हो। जसका कारण आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भेगका थोरै स्थानमा हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

माथि उल्लिखित प्रदेश र स्थानबाहेक देशका बाँकी ठाउँमा भने मनसुनकै प्रभाव छ।

आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराई भूभागका केही स्थान र बाँकी पहाड भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad