समाज


सेप्टेम्बरमा ७८ हजार पर्यटक भित्रिए

सेप्टेम्बरमा ७८ हजार पर्यटक भित्रिए

नेपालखबर
असोज २१, २०८२ मंगलबार २१:१३, काठमाडौँ

सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन्। 

आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ। यो सङ्ख्या अघिल्लो सेप्टेम्बर २०२४ को तुलनामा १८।३ प्रतिशत कम हो। अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए। गत अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए।

बोर्डको तथ्याङ्कअनुसार भारतबाट १५ हजार ५५६ पर्यटक भित्रिएका छन् भने चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलङ्काबाट तीन हजार १५ र बङ्गलादेशबाट दुई हजार २३० पर्यटक भित्रिएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad