काभ्रेको पाँचखाल नगरपालिका–६ दुलालथोकमा बस र मिनिट्रक ठोकिँदा दुर्घटना भएको छ।
ठक्कर खाएको मिनिट्रक सडकबाट सय मिटर तल खसेको प्रहरीको भनाइ छ। दुर्घटनामा ट्रक र बसमा सवार ८ जना घाइते भएका छन्।
बस र बस चालक बर्ष २५ को सुमन बस्नेताई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
ट्रकमा सवार सिन्धुपालचोक चौतारा सागाचोकगढी नगरपालिकाका रेशम थापा, काभ्रे बेथानचोक गाउँपालिकाका आइत लाल तामाङ झापाका लाल बहादुर राई, सिन्धुपालचोक चौतारा सागाचोकगढी नगरपालिकाका शेरबहादुर तामाङ, सिन्धुपाल्चोककै फुर्वा तामाङ, मिनिट्रकका चालक भक्तपुर सूर्यविनायक नगरपालिकाका रामचन्द्र अधिकारी घाइते छ।
त्यस्तै बसमा सवार ११ जनामध्ये सिन्धुपाल्चोक बाह्रबिसेका युक्तबहादु खत्री र बलेफी गाउँपालिकाका गोपिलाल पराजुली घाइते छन्।
69
Shares

प्रतिक्रिया