समाज


राति गण्डकी प्रदेशसहित यी स्थानमा हल्का वर्षाको सम्भावना

राति गण्डकी प्रदेशसहित यी स्थानमा हल्का वर्षाको सम्भावना

नेपालखबर
असोज २२, २०८२ बुधबार १८:२४, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बुधबार साँझ) गण्डकी प्रदेशका थोरै स्थान, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार राति (बिहीबार बिहान ६ बजेसम्म) कोसी प्रदेशलगायत देशका पहाड भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

यस क्रममा गण्डकी प्रदेशका थोरै स्थान तथा कोसी प्रदेशलगायत देशका पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशको पूरै क्षेत्र तथा लुम्बिनी प्रदेशको पश्चिमी भेगका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भेगका थोरै स्थानमा पश्चिमी वायुको प्रभाव छ भने देशका बाँकी ठाउँमा मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad