समाज


विपिन जोशी जीवित रहेको भिडिओ सार्वजनिक गरिँदै

विपिन जोशी जीवित रहेको भिडिओ सार्वजनिक गरिँदै

नेपालखबर
असोज २२, २०८२ बुधबार १८:३२, काठमाडौँ

प्यालेस्टाइनको लडाकू समूह हमासको कब्जामा रहेका नेपालका विपिन जोशी जीवितै रहेको भिडिओ सार्वजनिक गरिने भएको छ। 

इजरायलको अखबार द जेरुसेल पोस्टले हमासले बन्दक बनाएकाहरुको परिवारको फोरमले विपिनको भिडिओ आज साँझ सार्वजनिक गर्ने घोषणा गरेको उल्लेख गरेको छ। 

सार्वजनिक गर्न लागेको भिडिओले विपिन जीवितै रहेको विश्वास दिलाउने जोशी परिवारले बताएको समेत पोस्टले उल्लेख गरेको छ। 

‘गाजाबाट प्राप्त प्रमाणलाई आज हामी तपाईंहरूसँग साझा गर्दैछौँ,’ पोस्टमा जोशी परिवारको भनाइ उल्लेख गर्दै लेखिएको छ, ‘यसले हामीलाई उनी जीवित छन् भन्ने अटल विश्वास दिलाएको छ।’

उक्त भिडिओ इजरायलको गुप्तचर निकायले भेट्टाएको समेत पोस्टले बताएको छ। 

तर, इजरायलका पूर्वप्रवक्ता इलोन लेभीले भने विपिन बन्दक भएको एक महिनापछि हमासले खिचेको भिडिओ इजरायली सेनाले फेला पारेको एक्समा लेखेका छन्। 

विपिन आक्रमण हुनुभन्दा तीन साताअघि मात्र कृषि शिक्षा कार्यक्रमका लागि इजरायल पुगेका थिए।

हमासले सन् २०२३ को ७ अक्टोबरमा आक्रमण गरेर हजारजना भन्दा बढीको हत्या गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad