महोत्तरीमा पौडी खेल्ने क्रममा डुबेका बालकको शव फेला परेको छ।
जलेश्वर नगरपालिका–६ धवौली स्थित परिक्रमा गाछीमा सोही ठाउँ बस्ने नसोधिन साफीको छोरा अन्दाजी ११ वर्षका सलमान साफी पौडी खेल्ने क्रममा हिजो बेपत्ता भएका थिए।
बालक बेपत्ता भएको खबर पाए पश्चात् सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जलेश्वरमा प्राप्त भएको हुँदा खबर प्राप्त हुनसाथ उक्त स्थानमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरेको थियो।
खोजीका क्रममा साँझ शव निकालेर पोष्टमाटमको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

प्रतिक्रिया