जेनजीको एक समूहले असोज २३ गते गर्ने भनेको आन्दोलन स्थगित गरेको छ।
एनटीईके–जेड समूहको नामबाट आज साँझ विज्ञप्ति जारी गरी भोलि हुने शान्तिपूर्ण प्रदर्शन रोकिएको जनाइएको छ।
‘२३ गते घोषणा गरेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्वहरूले आन्दोलनलाई विथल्ने र अप्रिय घटना निम्त्याउने देखिएको हुनाले यस आन्दोलनलाई हामी एनटीईके–जेड का केन्द्रीय पदाधिकारीहरूले छलफल गरी २३ गते हुने आन्दोलनलाई हाल उक्त परिस्थितिका कारण स्थगित गर्ने निर्णय गरिएको छ र सो छलफल गरी आउने समयमा हुने शान्तिपूर्ण आन्दोलनको मिति जानकारी गराउने निर्णय गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ।

1.2k
Shares

प्रतिक्रिया