समाज


भक्तपुरका नेवार समुदायले एक दिनअघि नै भाइटीका लगाउने

भक्तपुरका नेवार समुदायले एक दिनअघि नै भाइटीका लगाउने

फाइल तस्बिर


नेपालखबर
असोज २३, २०८२ बिहिबार ५:४६, काठमाडौँ

भक्तपुरका नेवार समुदायले यसवर्षको तिहारमा कात्तिक ४ गते म्हः पूजा र ५ गते किजा पूजा (भाइटीका) मनाउने भएका छन्। 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको बैठकले यसवर्षको तिहार (स्वन्ती) मनाउने विषयमा तलेजुका पुजारीहरू तथा ज्योतिषहरू डा.वीरेन्द्रप्रसाद कायष्त र केदारप्रसाद दैवज्ञ जोशीसहितको उपस्थितिमा छलफल गरी यस्तो निणय गरेको हो। 

तलेजुका पुजारीहरूको सुझाव र तिथिअनुसार २०८२ कात्तिक २ गते आइतबार काग तिहार, ३ गते सोमबार बिहान कुकुर तिहार, दिउँसो ३ बजेपछि औंशी तिथि लाग्ने हुँदा साँझ लक्ष्मी पूजा गर्ने, कात्तिक ४ गते मङ्गलबार दिउँसो ४ः२९ बजेपछि कछला थ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हा पूजा गर्ने र ५ गते साँझ ६ः२० बजेपछि द्वितीया तिथि पर्ने भएकाले किजा पूजा अर्थात् भाइटीका गर्ने निर्णय गरेको हो।
    
पञ्चाङ्ग निर्णायक समितिले भने ५ गते म्हः पूजा र ६ गते बिहीबार किजा पूजा अर्थात् भाइटीका गर्नेगरी साइत सार्वजनिक गरेको छ। 

भक्तपुर नगरपालिकाले केही वर्षयता पञ्चायन निर्णयक समितिले सार्वजनिक गरेको तिथिमितिअनुसार तिहार नमानेर भक्तपुरको तलेजुका पुजारी र ज्योतिषहरूले गरेको निर्णयानुसार तिहारको पर्वहरू मनाउने निर्णय गरी सोहीअनुसार गर्न आह्वान गर्दै आएको छ। 
    
सोही अनुरूप यसवर्ष पनि बसेको बैठकबाट भक्तपुर नगरपालिकाले पञ्चायन निर्णायक समितिको निर्णयभन्दा फरक तिथिमिति सार्वजनिक गर्दै सोहीअनुसार तिहार मनाउन आह्वान गरेको हो। 

यस्तो निर्णयमा भक्तपुरका नेवार समुदायले केहीले नगरपालिकाको निर्णयानुसार तिहार मनाउने र केहीले पञ्चायन निर्णायक समितिको निर्णयानुसार तिहार मनाउँदै आएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad