समाज


पूर्वउपकुलपति डा संगीता भण्डारीविरुद्ध १२ करोडको भ्रष्टाचार मुद्दा दायर

पूर्वउपकुलपति डा संगीता भण्डारीविरुद्ध १२ करोडको भ्रष्टाचार मुद्दा दायर

नेपालखबर
असोज २३, २०८२ बिहिबार १२:२३, काठमाडौँ

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा संगीता भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनले एमआरआई मेसिन खरिदमा घोटाला गरेको अख्तियारको अनुसन्धानले देखाएको छ।

यस प्रकरणमा भण्डारीसहित १३ जना प्रतिवादी छन्।

भण्डारी पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी पनि हुन्। उनी हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गर्छिन्।

बुधबार अख्तियारले पोखराको लिचीबारी घोटाला प्रकरणमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका दुई मन्त्रीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad