समाज


दुर्घटनामा तीन जनाको मृत्यु, घाइतेको थप उपचारका लागि सुर्खेत उद्धार

दुर्घटनामा तीन जनाको मृत्यु, घाइतेको थप उपचारका लागि सुर्खेत उद्धार

नेपालखबर
असोज २४, २०८२ शुक्रबार १८:३, सिमकोट (हुम्ला)

चङ्खेली गाउँपालिका–४ देसीखोलामा आज बिहान ११ः०० बजे बोलेरो जीप दुर्घटना परी घाइते भएकाहरूको थप उपचारका लागि  प्रादेशिक अस्पताल सुर्खेतमा उद्धार गरिएको छ। 

घाइते भएका सिमकोट गाउँपालिका–८ का महेन्द्र रोकाया, उनका छोरा र चङ्खेली गाउँपालिका–४ की पार्वती सिराको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। घाइते भएका अन्य चार जनाको पनि पुनः उद्धारको तयारी भइरहेको स्थानीय ध्रुव शाहीले बताए। सोही गाउँपालिका–६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेत जाने क्रममा जीप दुर्घटनामा परेको थियो। 

तीन जनाको घटनास्थमै मृत्यु 
आज दुर्घटनामा परी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए। उनका अनुसार बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेमा चङ्खेली गाउँपालिका–६ मनवीर बुढा, उहाँका छोरा र सिमकोट गाउँपालिका–८ की वसन्ती बुढा रहेका छन्।
 
त्यहाँ रहेको प्रहरी चौकीका प्रहरी र सर्वसाधारणले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेका थिए। ग्रामीण कच्ची सडकबाट जीप तीन सय मिटर तल खसेको थियो। कर्णाली प्रदेश०२००१च १०९१ नम्बर जीप दुर्घटनामा परेको हो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad