रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
सशस्त्र प्रहरी जवान खत्रीले सीमा पारी भारतबाट भन्सार छली अवैधरुपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरेको अख्तियारको आरोप छ।
विशेष सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले खत्रीलाई सेवाग्राहीबाट रु १५ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
12
Shares

प्रतिक्रिया