समाज


तोडफोडका घटनामा संलग्न भएको अभियोगमा काभ्रेमा थप ११ जना पक्राउ

तोडफोडका घटनामा संलग्न भएको अभियोगमा काभ्रेमा थप ११ जना पक्राउ

नेपालखबर
असोज २५, २०८२ शनिबार ७:३९, काठमाडौँ

गत भदौ तेस्रो साता भएको ‘जेनजी’ प्रदर्शनका क्रममा काभ्रेमा तोडफोड, आगजनी तथा अन्य घटनामा संलग्न भएका अभियोगमा थप एघारलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। 

उनीहरुलाई जिल्ला अदालत  र जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा रिहा भएलगत्तै पुनःपक्राउ गरेको हो। 

धरौटी बुझाएलगत्तै प्रहरीले सोही स्थानबाट पक्राउ गरी पुनःअभद्र व्यबहारमा मुद्दा दर्ता गरेको छ। 

जिल्ला अदालतबाट आठ जना र प्रशासन कार्यालयबाट तीन जनालाई धरौटीमा छाड्ने आदेश भएपछि उनीहरुलाई पुनःपक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय बनेपाले अभद्र ब्यवहारमा शुक्रबार म्याद थप गरेको हो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad