स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई काठमाडौँमा सम्पर्क कार्यालय राखेको भए बन्द गर्न निर्देशन दिएको छ।
मन्त्रालयले शुक्रबार सबै प्रतिष्ठानहरुलाई पत्राचार गर्दै संघीय सरकारको श्रोतबाट व्यवहोरिने गरी अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले काठमाडौँमा सम्पर्क कार्यालय राख्न नपाउने भएकोले सम्पर्क कार्यालय राखेको भए बन्द मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएको हो।
417
Shares

प्रतिक्रिया