समाज


त्रिविको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

त्रिविको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

नेपालखबर
असोज २६, २०८२ आइतबार १८:२४, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले करिब २४ सय रोपनी जग्गा हिनामिना तथा अतिक्रमण गरिएको खुलासा गरेको छ। 

सरकारले आइतबार सार्वजनिक गरेको प्रतिवेदनलले करिब २४ सय रोपनी जग्गा हिनामिना तथा अतिक्रमण भएको जनाएको हो। त्रिविको जग्गा अतिक्रमण भएको सूचना बाहिएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८१ जेठमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। 

समितिले विश्वविद्यालय आसपास करिब एक हजार रोपनी जग्गा हराएको, अन्य ठाउँमा लगभग एक हजार रोपनी जग्गा अतिक्रमणमा परेको र ललितपुरका लुभु तथा पुल्चोकमा करिब ४ सय रोपनी जग्गा वर्षौँदेखि भोगचलनबाहिर रहेको पत्ता लगाएको छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविको सयौं रोपनी जग्गा पहुँचवालले अतिक्रमण गरेको औंल्याइएको उक्त प्रतिवेदन सार्वजनिक गर्न रोकेका थिए।

गत बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पठाउने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad