पूर्वसभामुख एवम् माओवादी नेता कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज अदालतमा उपस्थित गराउने भएको छ।
विद्युतीय चुरोट (भेप) मा सुन तस्करी र संगठित अपराधको कसुरमा अनुसन्धानका लागि भन्दै महरालाई सीआईबीले आइतबार पक्राउ गरेको थियाे।
आज म्याद थपका लागि उनलाई जिल्ला अदालतका काठमाडौँमा उपस्थित गराउने सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए।
यसअघि २०८० सालमा सीआईबीले नै अनुसन्धान गरेर महरापुत्र राहुलसहित चार जनालाई प्रतिवादी बनाइएको थियो। महरासँग कागज गराए पनि प्रतिवादी बनाइएको थिएन।
त्यतिबेला सीआईबीमा कागज गर्दा महराले आफूलाई सुन ल्याएको विषय थाहा नभएको र भेप मात्रै भए मिल्नेजति हेरिदिनु भनेर फोन गरेको बयान दिएका थिए।
सोही मुद्दामा २ वर्षपछि महरालाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाइएको हो। उनलाई भन्सार ऐन र संगठित अपराधको कसुरमा अनुसन्धान गर्ने सीआईबीको तयारी छ।
भेपमा सुन प्रकरण : सीआईबीले फेरि बुझायो प्रतिवेदन, भोलि मुद्दा दर्ता गर्ने तयारी
सुन प्रकरण : सीआईबीले महरालाई प्रतिवादी नबनाउने, कागज गरेर पठायो
राहुल महराको बयान : दावाजिनलाई ११ वर्षपहिले चिनेको हुँ, भन्सारका कर्मचारीले भेप हेर्नै दिएनन्
सीआईबीमा महराको ४५ मिनेट, बयानमा भने– के गर्न मिल्छ हेरिदिनू भनेर भन्सार प्रमुखलाई फोन गरेँ
Shares

प्रतिक्रिया