समाज


विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ

विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ

नेपालखबर
असोज २७, २०८२ सोमबार १४:४३, काठमाडौँ

प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागुऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

उनले भने, ‘एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनीहरूलाई त्रिभवुन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा करिब ११ किलो २७५ ग्राम गाँजा फेला पारी पक्राउ गरेको हो।’ 

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता घिमिरेले बताए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad