समाज


जलेश्वर कारागारबाट भागेका ३१ भारतीयसहित २९५ कैदीबन्दी फरार

जलेश्वर कारागारबाट भागेका ३१ भारतीयसहित २९५ कैदीबन्दी फरार

नेपालखबर
असोज २७, २०८२ सोमबार १४:४८, काठमाडौँ

जेनजीको आन्दोलनको मौका छोपी गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने भएको छ।

कारागार कार्यालय जलेश्वरले एक सूचना जारी गर्दै सो कारागारबाट भागेका सबै ५७६ कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्कि आउन अनुरोध गरेकामा नौ भारतीयसहित २८१ जना फर्केर आइसकेका तथा अझै २९५ कैदीबन्दी आउन बाँकी रहेको जनाएको छ।

कारागारका जेलर अशोक क्षेत्रीले तोकिएको अवधीभित्र फर्कि नआउने फरार कैदीबन्दी उपर कारागार ऐन २०७९ र नेपालको प्रचलित कानुन बमोजिम कारबाही हुने बताए। 

कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी प्रचलित कानुन बमोजिम कारबाही कारागारद्वारा जारी सूचनामा उल्लेख छ।

गत भदौ २४ गते राति जलेश्वर कारागारमा रहेका ४० भारतीयसहित ५७६ कैदीबन्दी फरार भएका थिए। जलेश्वर कारागारबाट भागेकामध्ये १३ कैदीबन्दीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी पुनःकारागार फर्काउन मद्दत गरेका थिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad