समाज


भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना र निर्माण कम्पनीविरुद्ध मुद्दा

भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना र निर्माण कम्पनीविरुद्ध मुद्दा

नेपालखबर
असोज २७, २०८२ सोमबार १८:१०, काठमाडौँ

जाजरकोटको भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीसमेत ७ जना र निर्माण सेवा कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८१ लाख ५३ हजार ६३०रुपैयाँ ५१ पैसा बिगो कायम गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत घर्ती, इन्जिनियर मोहन मल्ल, सामाजिक विकास अधिकृत अनिश शाह, कानून अधिकृत प्रकाश कुमार शाही, लेखापाल राजेन्द्र बहादुर कठायत, नायब सुब्बा कृति बहादुर थापा र थापारसविनरसुदर्शन जेभी, खलगां ४ जाजरकोट र उक्त जेभीका आधिकारिक प्रतिनिधि थापा निर्माण सेवाका प्रोप्राइटर दिप बहादुर खत्रीविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ।

भेरी नगरपालिकाले कारागार रानागाउँ नेटीबजार सडकमा मिलेमतो गरी सबैभन्दा बढी अंक कबोल गर्ने थापा/सविन/सुदर्शन जे.भी.लाई छनौट गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०८०/०८१ को संघीय, प्रदेश र स्थानीय सरकारको समपूरक अनुदान अन्तर्गत स्वीकृत कारागार रानागाउँ नेटीबजार सडक निर्माणको लागि रु.२ करोड ८० लाख रुपैयाँ विनियोजन भएको थियो।

नगर कार्यपालिकाले भ्याट, पीएस र कन्टिजेन्सी समेत रु.२ करोड ८० लाख ४२ हजार ७४३ रुपैयाँ ११ पैसा रकम बराबरको लागत अनुमानमा कारागार रानागाउँ नेटीबजार सडकका लागि बीलपत्र आह्वान गरेको पाइएको छ।

कार्यालयको ठेक्का प्रकृयामा सहभागी भएको ८ वटा बोलपत्र दाताको आर्थिक प्रस्ताव उनीहरुकै उपस्थितिमा खोली हेर्दा प्राविधिक प्रस्तावमा सफल एक बोलपत्रदाताको अंकमा न्यून कबोल गर्ने बोलपत्रदाताको कबोल अंक रु.८१ लाख ५३ हजार ६३० रुपैयाँ ५१ पैसा रकम अन्तर गरी गराई नेपाल सरकार/प्रदेश सरकार/भेरी नगरपालिका/सार्वजनिक संस्थालाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने र आफू समेतलाई गैरकानूनी लाभ प्राप्ति गर्ने बदनियतले कार्य गरेको अखितयारको ठहर छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad