समाज


तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा २१ वर्षीय युवकको मृत्यु

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा २१ वर्षीय युवकको मृत्यु

नेपालखबर
असोज २८, २०८२ मंगलबार १२:१३, काठमाडौँ

काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित सडकमा बा ६८ प ४१५३ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना भएको हो। 

दुर्घटनामा मोटरसाइकल चालक बानेश्वर बस्ने कैलाली गोदावरी गाउँपालिका ८ घर भएका २१ वर्षीय समिर चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad