समाज


काठमाडौँ महानगरका सबै वडामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र

काठमाडौँ महानगरका सबै वडामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र

नेपालखबर
असोज २८, २०८२ मंगलबार १८:२३, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले सबै वडामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको छ। महानगरपालिका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत ३२ वटामा नै सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको जनाएका छन्। 

मेयर शाह निर्वाचित भएको पहिलो दिनदेखि नै ‘स्वास्थ्य सबै नागरिकको अधिकार हो’भन्ने विश्वासका साथ अघि बढिरहेका भन्दै महानगरपालिकाका ३२ वटै वडामा शहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरू स्थापना भई नियमित रूपमा सेवा दिन थालेको बताए।  

उनले १० वटा केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पनि लागू भइसकेको जनाएका छन्। 

आर्थिक वर्ष २०७९/८० मा सबै वडामा स्वास्थ्य सेवा पुगोस् भन्ने उद्देश्यका साथ पूर्वाधार विकासमा जोड दिएको र आर्थिक बर्ष  २०८०/८१ मा १ लाख २४ हजार ४४ जना नागरिकले सेवा लिएको उल्लेख गरेका छन्। 

गत आर्थिक बर्षमा केन्द्रबाट १ लाख ९४ हजार १९३ जनाले स्वास्थ्य सेवा लिएको भन्दै  चालु आर्थिक वर्षको श्रावण र भदौ महिनामा मात्र ४१ हजार ९७१ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिइसकेका जनाएका छन्। 

यस आर्थिक वर्ष कम्तीमा २ लाख ५० हजार नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने अनुमान गरिएको र महानगरका स्वास्थ्य केन्द्रहरूमा चिकित्सकमार्फत हरेक दिन नियमित उपचार सेवा दिइँदै आएको छ भने निश्चित तालिकाअनुसार विशेषज्ञ चिकित्सक सेवा पनि सञ्चालन हुँदै आएको उल्लेख गरेका छन्। 

‘सहरी स्वास्थ्य प्रवर्धन केन्द्रबाट सम्भव नभएका उपचारका लागि सेवाग्राहीलाई सिभिल, वीर र टिचिङ अस्पतालमा रेफर गरिन्छ। यसरी नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न महानगरले स्वास्थ्य बिमा, निःशुल्क उपचार, रेफरल सेवा र विशेषज्ञ सल्लाह सबै एकीकृत रूपमा अघि बढाएको छ,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्। 

स्वास्थ्यमा लगानी भनेको नागरिकको जीवनमा लगानी हो भन्दै उनले रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै नलागोस भन्ने सोचका साथ महानगरले ‘आरोग्य जीवन स्वर्णिम योजना’ मार्फत प्रतिरोधात्मक स्वास्थ्य सेवामा पनि जोड दिएको जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad