समाज


फरेन्सिक जाँचबाट पनि विपिन नै भएको पुष्टि, शव नेपाल ल्याउने प्रक्रिया सुरु

मृत्युको वास्तविक कारण पत्ता लगाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन सरकारले पहल गर्ने
फरेन्सिक जाँचबाट पनि विपिन नै भएको पुष्टि, शव नेपाल ल्याउने प्रक्रिया सुरु

विपिन जोशीको २ वर्षअघिको तस्बिर


नेपालखबर
असोज २८, २०८२ मंगलबार २०:५०, काठमाडौँ

हमासले सोमबार हस्तान्तरण गरेको विपिन जोशीको शव पहिचान भइसकेको र नेपाल पठाउने प्रकिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी इजरायलस्थित नेपाली राजदूतावासका प्रतिनिधिले आज तेल अभिभस्थित नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन पुगेर विपिन नै भएको पुष्टि गर्दै त्यहाँका सम्बन्धित निकायसँग सम्पर्क र समन्वय गरी शव नेपाल पठाउने प्रक्रिया सुरु गरेको जानकारी गराएको हो। 

विज्ञप्तिमा भनिएको छ, ‘हमासले विपिन जोशीको शव हिजो सोमबार रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेपश्चात् शव पहिचान भइसकेको बेहोरा इजरायलस्थित नेपाली राजदूतावासका प्रतिनिधिले आज तेल अभिभस्थित नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिनको भ्रमण गरी थप पुष्टि गरेको सन्दर्भमा नेपाली राजदूतावासले त्यहाँका सम्बन्धित निकायहरूसँग नजिकबाट सम्पर्क र समन्वय गरी शव नेपाल पठाउने प्रक्रिया सुरु गरेको छ।’

विपिनको शव नेपाल ल्याइसकेपछि पनि उनको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकारवालासँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र पीडित परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा, सुविधा आदिका लागि उचित पहल जारी राखिने मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad