प्रहरले फर्पिङ चेकपोस्टबाट १९४० प्याकेट पटका तथा आतसबाजी जन्य पदार्थ नियन्त्रणमा लिएको छ।
काठमाडौंको दक्षिणकाली नगरपालिका ५ फर्पिङ चेकपोष्ट स्थित फर्पिङ नाका भई आवतजावत गर्ने विभिन्न सवारी साधनहरू चेकजाँच गर्ने क्रममा पर्साबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०८-००१ ज ००२८ नं. प्लेटको गाडीलाई चेकजाँच गर्दा उक्त पटाका फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए।
गाडीको छतमा लुकाईछिपाई ल्याएको सो पटका तथा आतसबाजी जन्य पदार्थ इलाका प्रहरी कार्यालय फर्पिङको नियन्त्रणमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
27
Shares

प्रतिक्रिया