२४ घण्टा देशभर कतै पनि पानी वा हिउँ पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज बिहान ६ बजे बुलेटिन जारी गरी भोलि आइतबार बिहान ६ बजेसम्मको सम्भावित मौसमबारे जानकारी दिएको हो।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाड भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ।
आज राति भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
129
Shares

प्रतिक्रिया