मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको सम्भावित मौसमबारे जानकारी दिएको छ।
महाशाखाले आज (मंगलबार) बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्मको सम्भावित मौसम प्रक्षेपण गरेको हो।
जसअनुसार आज दिउँसो सबै प्रदेशका पहाड भेगमा आंशिक बदली (आंशिक घाम देखिने अवस्था) रही देशका बाँकी स्थानमा मुख्यतया सफा (लगभग पूरै घाम देखिने अवस्था) रहने छ।
यस क्रममा कोसी प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा फाटफुट वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
आज राति भने सुदूरपश्चिम प्रदेशको पहाड भेगमा आंशिक बदली (आकाशमा पातलो बादल) रही बाँकी स्थानमा मौसम मुख्यतया सफा (आकाश सफा) रहने छ।
मौसमविद्का अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
150
Shares

प्रतिक्रिया