समाज


आन्दोलनका कार्यक्रम नगरी वार्ता र संवादबाट समाधान खोज्न गृह मन्त्रालयको आग्रह

आन्दोलनका कार्यक्रम नगरी वार्ता र संवादबाट समाधान खोज्न गृह मन्त्रालयको आग्रह

नेपालखबर
कात्तिक ८, २०८२ शनिबार १८:२९, काठमाडौँ

गृह मन्त्रालयले सबैको जायज माग सम्बोधन गर्न सरकार तत्पर रहेको भन्दै धर्ना, जुलुस, प्रदर्शन जस्ता कार्यक्रम नगरी संवादबाटै समस्याको समाधान खोज्न आग्रह गरेको छ। 

मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सबैको जायज माग, चासो एवम् सरोकारलाई सम्वोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको हुँदा यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलन लगायतका कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनैपनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ।’

भदौ २३ र २४ गतेको प्रदर्शनपछि सरकारी सेवा पुनः सुचारु गरि निर्वाचनमा केन्द्रित भएको बेला आन्दोलनका कार्यक्रम घोषणा भएकोप्रति ध्यानाकषर्ण भएको भन्दै मन्त्रालयले यस्ता आन्दोलनमा घुसपैठ हुने खतरातर्फ पनि सचेत गराएका थिए। 

‘२०८२ भाद्र २३ र २४ गतेको प्रदर्शन पश्चात् सार्वजनिक सेवा पुनः सुचारु गर्नुको साथै क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण प्रकृया आरम्भ गरी शान्ति सुरक्षाको अवस्था सामान्य तुल्याई निर्वाचन केन्द्रीत वातावरण निर्माण हुँदै गरेको स्थितिमा हाल सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवं अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकहरू समेत सचेत हुनुपर्ने देखिन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad