समाज


मन्त्री बब्लु गुप्तामाथि शोभा पाठकको आरोप :  दुर्गा प्रसाईंविरुद्ध मुद्दा हाल्न धम्क्याएका थिए

मन्त्री बब्लु गुप्तामाथि शोभा पाठकको आरोप :  दुर्गा प्रसाईंविरुद्ध मुद्दा हाल्न धम्क्याएका थिए

नेपालखबर
कात्तिक ९, २०८२ आइतबार १९:३८, काठमाडौँ

आजै युवा तथा खेलकुद मन्त्री बनेका बब्लु गुप्तामाथि शोभा पाठकले गम्भीर आरोप लगाएकी छिन्। एक युट्युब च्यानलसँग कुरा गर्दै उनले गुप्ताले नेकपा एमाले नेता महेश बस्नेतसँग मिलेर आफूलाई दुर्गा प्रसाईंविरुद्ध मुद्दा हाल्न धम्की दिएको दाबी गरेकी छिन्।

‘जुन बेला हाम्रो त्यो बेड (बस्नेत र पाठक)को फोटो बाहिर निस्केको थियो, त्यतिबेला दुर्गा प्रसाईं र महेश बस्नेतबीच ‘वार कि पार’को अवस्था थियो,’ पाठकको भनाइ छ, ‘म त्यतिबेला निकै मानसिक तनावमा थिएँ। त्यसबेला दुर्गा प्रसाईंमाथि मुद्दा हाल्ने कुरा आयो तर म त्यसमा सहमत हुन सकिनँ।’

उनले थपिन्, ‘दुर्गा प्रसाईंलाई मुद्दा नहाल्ने निर्णयपछि महेश बस्नेत लगायतले मलाई पेप्सीकोलास्थित एउटा घरमा लगे। त्यहाँ बब्लु गुप्ता पनि थिए। म त्यतिबेला उहाँलाई व्यक्तिगत रूपमा चिन्दिनँथें। त्यही घरमा मलाई धम्की दिइयो- यो कुरा भन, नत्र तेरो ज्यान छैन’ भनेर।’

बब्लु गुप्ता पैसाका लागि जे पनि गर्ने मान्छे भएको पाठकको आरोप छ। ‘बब्लु गुप्ता पैसाका लागि जे पनि गर्न सक्ने मान्छे हो। मलाई एक्लै कोठामा लगेर धम्की दिइयो,’ उनको भनाइ छ, ‘केही दिनअघि माइतीघरमा भेट्दा उहाँले मेरो आँखामा पनि हेर्न सकेनन्, नमस्कार गरेर तुरुन्तै फर्किनुभयो।’

यस्तो छ पाठकको भनाइ :

जुन बेला हाम्रो त्यो बेडको फोटो बाहिर आएको थियो, त्यतिबेला दुर्गा प्रसाईं र महेश बस्नेतबीच ‘वार कि पार’को अवस्था चलिरहेको थियो।

त्यो समयमा म आफैं मानसिक रूपमा निकै विछिप्त अवस्थामा थिएँ। त्यसै बेला दुर्गा प्रसाईंविरुद्ध मुद्दा हाल्ने कुरा उठ्यो। मुद्दा हाल्ने कुरा आएपछि म अघि बढिनँ, किनभने त्यो काम आसा भारतीजीले गर्नुपर्ने भनिएको थियो। तथ्यमा पुग्नुपर्ने भएकाले मैले आसा भारतीजीलाई अगाडि सारें।

तर, दुर्गा प्रसाईंलाई मुद्दा नहाल्ने कुरा भएपछि महेश बस्नेतलगायतले मलाई पेप्सीकोलास्थित एउटा घरमा लिएर जानुभयो। त्यहाँ पुगेपछि बब्लु गुप्ता पनि त्यही उपस्थित हुनुहुन्थ्यो। त्यो दिनसम्म म उहाँलाई व्यक्तिगत रूपमा चिन्दिनँ-कोरोना कालमा काम गरेको भनेर नाम मात्रै सुनेकी थिएँ।

त्यो घरको कोठामा मलाई लगेर तीन-चार जना पुरुषहरू थिए, म एक्ली महिला थिएँ। केही दिनअघि माइतीघरमा उहाँ (गुप्ता) लाई भेट्दा पनि उहाँले मेरो आँखामा हेर्न सक्नुभएन, नमस्कार गर्नुभयो तर एक शब्द पनि बोल्न सक्नुभएन र एक मिनेट पनि टिक्न सक्नुभएन।

म यति मात्र भन्छु– बब्लु गुप्ता पैसाका लागि जे पनि गर्न सक्ने मान्छे हुन्।

मलाई एउटा कोठामा लगेर भनियो-या त यो भन, नत्र तेरो ज्यान छैन।

त्यसलाई के भनिन्छ, तपाईंहरूले नै बुझ्न सक्नुहुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad