हाल नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण आज राति कोसी प्रदेशलगायत देशका पहाड भेगमा आंशिक बदली (आकाशमा पातलो बादल) रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा (आकाश सफा) रहने छ।
यस क्रममा राति कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड र हिमाल भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
मौसम महाशाखाका अनुसार सोमबार दिउँसो देशका पहाड भेगमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा कोसी प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
339
Shares

प्रतिक्रिया