समाज


मेलम्ची आयोजनाको पाइप फुट्दा क्षति व्यहोरेका बबरमहलका २१ परिवारले पाए क्षतिपूर्ति

मेलम्ची आयोजनाको पाइप फुट्दा क्षति व्यहोरेका बबरमहलका २१ परिवारले पाए क्षतिपूर्ति

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १९:१९, काठमाडौँ

गत वर्षको माघमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा क्षति व्यहोरेका बबरमहल क्षेत्रका २१ परिवारले क्षतिपूर्ति पाएका छन्। 

गत वर्षको माघमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले बबरमहल क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्दा मुख्य वितरण प्रणालीकै पाइपमा क्षति पुर्याउँदा बाढीको रूप लिएको बताएको छ।

उक्त बाढीका कारण कयौं सरकार कार्यालय एवं स्थानीयका व्यवसायिक भवन एवं निवासमा क्षति पुर्‍याएको थियो।

उक्त बाढीबाट क्षति खेपेका २१ परिवारलाई विभिन्न संघसंस्थामार्फत क्षतिपूर्ति दिलाएको काठमाडौं उपत्यका संघर्ष समितिका अध्यक्ष गोविन्दराज पन्तले बताए। उनले अगामी दिनमा कुनैपनि विकास निर्माणका कामहरु गर्दा स्थानीयको भौतिक सम्पतीको सुरक्षाको ख्याल गर्न समेत सरोकारवाला सबैसँग आग्रह गरे। 

उनले भने, ‘गत वर्षको माघमा मेलम्चीको पाइप फुटेर ठूलो क्षति भएको थियो। त्यसबाट क्षति पुगेका यहाँका स्थानीयलाई क्षतिपूर्ति दिलाउन हामी सफल भएका छौं। अगामी दिनमा कुनैपनि विकास निर्माणको काम गर्दा स्थानीयको भौतिक संरचनामा क्षति नहुनेगरी काम गर्न सबैमा आग्रह गर्न चाहन्छौं।’

समय समयमा पाइप फट्ने गरेको कारण मेलम्ची खानेपानी आयोजनामा प्रयोग गरिएको पाइपको गुणस्तरमाथि प्रश्न उठ्ने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad