नेकपा (एकीकृत समाजवादी)ले पार्टी मातहतका सबै कमिटीलाई यही कात्तिक १९ गते भृकुटीमण्डपमा हुने एकता राष्ट्रिय सम्मेलनमा सहभागी हुन परिपत्र गरेको छ।
सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीलगायत आठ वटा वामपन्थी दलहरूबीच एकता घोषणा गरिनेछ।
सबै दलको सहभागितामा सोही दिन एकता राष्ट्रिय सम्मेलनमार्फत एकीकृत पार्टी घोषणा गरिनेछ। सोही सम्मेलनमा घोषणापत्र सार्वजनिक गर्दै अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठनलगायतका कार्यहरू गरिने एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए। रासस
213
Shares

प्रतिक्रिया