काठमाडौँमा कन्टनरको ठक्करबाट स्कुटरमा सवार २० वर्षीय युवतीको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका ३२ जडिबुटीस्थित सडकमा ना ८ ख ३९७५नम्बरको डिब्बा गाडीले प्रदेश ३–०२–१४ प ९६६३ नम्बरको स्कुटरलाई बिहीबार साँझ ठक्कर दिएको थियो।
स्कुटरमा सवार भक्तपुरको भक्तपुर नगरपालिका ७ घर भएकी २० वर्षीया सुनिस्ना ताम्राकारको मृत्यु भएको हो।
दुर्घटनाम गम्भीर घाइते भएकी उनको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा घाइते भएकी स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। डिब्बा गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
81
Shares

प्रतिक्रिया