ad ad

समाज


सिभिल अस्पतालमा राष्ट्रिय आविष्कार केन्द्रले बनाएको स्वाब कलेक्सन बुथ

सिभिल अस्पतालमा राष्ट्रिय आविष्कार केन्द्रले बनाएको स्वाब कलेक्सन बुथ

नेपालखबर
बैशाख १५, २०७७ सोमबार ९:३५,

देशकै एकमात्र निजामति कर्मचारी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि स्वाब कलेक्सन बुथ राखिएको छ।

काठमाडौंको नयाँ बानेश्वर स्थित निजामति कर्मचारी अस्पतालमा राष्ट्रिय आविष्कार केन्द्रमा निर्माण भएको स्वाब कलेक्सन बुथ राखिएको हो। राष्ट्रिय कर्मचारी संगठन निजामती र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कर्मचारीहरुको सहयोगमा उक्त स्वाब कलेक्सन बुथ राखिएको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. दिर्घराज आर.सि.ले बताए।

उनले कोरोना भाइरसको आशंका लागेका विरामीहरुको स्वाब कलेक्सनका लागि निर्माण गरिएको बुथ प्राप्त भएकोले स्वाब कलेक्सन गर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीलाई हुने संक्रमणको जोखिमबाट जोगाउने बताए। त्यस्तै यसको प्रयोगबाट स्वास्थ्यकर्मीले लगाउने पीपीई लगायतका अन्य स्वास्थ्य सामग्रीको बचत हुने समेत बताए। स्वाब कलेक्सन बुथ पाएसँगै अस्पतालले कोरोना भाइरसको संक्रमणको आशंका गरिएका बिरामीहरुलाई पनि राम्रो सेवा दिन सक्ने उनले बताए।

स्वाब कलेक्सन बुथ उपलब्ध गराउँदै सडक विभागका महानिर्देशक केशब कुमार शर्माले अस्पतालले सुरक्षित रुपमा बिरामीको स्वाब कलेक्सन गर्न यसले सहयोग पु-याउने बताए। यस्तै, राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष हरि रावलले स्वास्थ्यकर्मी र बिरामी दुवैलाई संक्रमणको जोखिमबाट जोगाउन यसले सहयोग गर्ने बताए।

राष्ट्रिय आविष्कार केन्द्रले स्वाब कलेक्सन बुथ पूर्ण रुपमा बैज्ञानिक र सुरक्षित रुपमा निर्माण गरिएको जनाएको छ। बुथमा प्रयोग गरिएका सामग्रीहरु गुणस्तरीय रहेको र बुथ भित्र राम्रोसँग हावा पास हुने व्यवस्थालाई सुरक्षित बनाइएको केन्द्रले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .