वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालको टिमले दुई जना महिलालाई पक्राउ गरेको हो।
चितवनको कालिका नगरपालिका–८ की २५ वर्षीया सुजु प्रजाले यूके पठाइदिने भन्दै एक जनाबाट २ लाख ६४ हजार रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ।
यस्तै, काठमाडौंको नागार्जुन नगरपालिका–४ का ४२ वर्षीया रोजी गुरुङले एक जनालाई साइप्रस पठाइदिने भनी ७ लाख रुपैयाँ ठगी गरी फरार भएकी प्रहरीले जनाएको छ।
उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
114
Shares

प्रतिक्रिया