समाज


आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडित धर्नामा

आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडित धर्नामा

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १३:२४, काठमाडौँ

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पीडितमैत्री नभएको आरोप लगाउँदै द्वन्द्वपीडितहरू आज धर्नामा बसेका छन्। 

विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष बितिसक्दा पनि न्याय नपाएको गुनासो गर्दै उनीहरूले दुवै आयोग कार्यालय अगाडि साङ्केतिक विरोध कार्यक्रम गरेका हुन्। उनीहरुले दुवै आयोगका पदाधिकारीको राजीनामा पनि माग गरेका छन्।  

‘आम द्वन्द्वपीडित समुदाय’को आह्वानमा भएको धर्नामा सहभागी राम भण्डारीले आयोगप्रति आफूहरुको विश्वास नभएको बताए। उनले दुवै आयोगका  पदाधिकारीको राजीनामा माग गरे। आयोगमा वास्तविक पीडितको प्रतिनिधित्व हुने गरी आयोग पुनर्गठन गर्नुपर्ने उनको भनाइ थियाे।

भण्डारीले करिब दुई दशकदेखि सत्यको खोजीमा रहे पनि राज्यबाट कुनै उत्तर नपाएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘पीडितहरु न्याय प्रक्रियामा सहभागी हुन पाएका छैनौँ।  राज्यले जबरजस्ती आयोग गठन गर्‍याे, त्यसलाई हामीले प्रारम्भदेखि नै अस्वीकार गर्दै आएका छौँ। आज सातै प्रदेशमा विरोध कार्यक्रम चलाइरहेका छौँ।’  

पीडितहरूले आयोगका कर्मचारीलाई सहानुभूति र समन्वयका लागि पनि आग्रह गरेका थिए। 

सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उद्धवप्रसाद पुडासैनीले पीडितको आवाजलाई सम्बोधन गर्दै काम अघि बढाउन आफूहरु प्रतिबद्धत रहेको बताए। द्वन्द्वपीडित, राजनीतिक दललगायतका सरोकारवालाहरू एउटै ठाउँमा आउन सके न्यायिक प्रक्रिया तीव्र हुने उनको भनाइ थियाे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad