सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ।
अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले आगोले पोलेका तथा अन्य कुनै कारणले जलनमा परेका बालबालिकालाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए। गत वर्ष एक सय ४२ बालबालिकालाई निःशुल्क उपचार गरेको पनि शर्माले बताए।
अस्पतालका मेडिकल निर्देशक डा. सन्तोष भण्डारीले १८ वर्षमुनिका जलनका विरामीलाई शल्यक्रिया, बेड, ड्रेसिङ, औषधि लगायत सेवा निःशुल्क उपलब्ध गराइने बताए।
जलनका विरामीलाई उपचार गराउने मुख्य लक्ष्यसहित सन् १९९७ मा स्थापना भएको अस्पतालले हालसम्म पाँच लाखभन्दा बढी जलनका विरामीलाई उपचार प्रदान गरिसकेको जनाइएको छ।
6
Shares

प्रतिक्रिया