समाज


आकस्मिक रूपमा बेहोस हुँदा १३ वर्षीय किशोरको मृत्यु, दाजुको उपचार हुँदै

आकस्मिक रूपमा बेहोस हुँदा १३ वर्षीय किशोरको मृत्यु, दाजुको उपचार हुँदै

नेपालखबर
मंसिर ७, २०८२ आइतबार ९:२२, काठमाडौँ

सप्तरीमा आकस्मिक रूपमा बेहोर भएका एकै घरका दाजुभाइमध्ये एक जनाको मृत्यु भएको छ। 

शम्भुनाथ नगरपालिका- १ निवासी किसुनदेव यादवका छोरा १३ वर्षीय राकेश यादवको शनिबार आकस्मिकरूपमा बेहोस भएपछि उपचार गर्न नपाउँदै मृत्यु भएको हो। 

उनका दाजु १६ वर्षीय रुपेश यादवको हाल लहानमा रहेको एक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए। 

‘भाइ राकेश शनिबार बिहान क्रिकेट खेलेर घर फर्किएका रहेछन्। दाजु रुपेश भने घरमै थिए भन्ने छ,’ पुरीले नेपालखबरसँग भने, ‘क्रिकेट खेलेर कान्छो छोरा घर आइपुगेपछि आमाले खाना खान दुबै छोरालाई बोलाउनु भएछ। खाना खाने तयारी गर्दागर्दै सुरुमा राकेश बेहोस भएछन्। लगत्तै दाजु रुपेश पनि बेहोस भएर ढलेछन्।’

बेहोस भएका दुवै दाजुभाइलाई तत्कालै नजिकै रहेको छिन्नमस्ता अस्पताल पुर्याउँदा चिकित्सकले राकेशलाई मृत घोषणा गरेका डीएसपी पुरीले जानकारी दिए। 

हाल लहानको एक अस्पतालमा उपचार गराइरहेका रुपेशको अवस्था भने सामान्य बन्दै गएको छ। 

उनीहरू के कारणले एकैपटक बेहोस भए खुलेको छैन। ‘पोस्टमार्टम रिपोर्ट आएपछि बाँकी कुरा खुल्ला,’ पुरीले भने, ‘हामी घटनाको थप अनुसन्धानकै क्रममा छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad