समाज


एसईई र कक्षा १२ को नतिजा ढिलाइ प्राध्यापकको लापरवाहीका कारण : शिक्षामन्त्री पुन

एसईई र कक्षा १२ को नतिजा ढिलाइ प्राध्यापकको लापरवाहीका कारण : शिक्षामन्त्री पुन

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १९:३७, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरूको लापरवाहीकै कारण एसईई र कक्षा १२ को नतिजा सार्वजनिक गर्न अनावश्यक रूपमा ढिलाइ हुने गरेको आरोप लगाएका छन्।

आइतबार भक्तपुरमा विश्वविद्यालय अनुदान आयोगको ३२औँ वार्षिकोत्सवमा बोल्दै उनले ४-५ लाख विद्यार्थीको नतिजा निकाल्न ९ महिनाभन्दा बढी लाग्नु गैरजिम्मेवारीको भएको बताए।

‘एसईई र कक्षा १२ मा जम्मा ४-५ लाख विद्यार्थी मात्र हुन्छन्, तर पनि नतिजा निकाल्न ८-९ महिना लाग्छ,’ मन्त्री पुनले भने, ‘यस्तो हुनुमा प्राध्यापकहरूको लापरवाही देखिन्छ। यस्ता कुराको समाधान गर्नैपर्छ।’

उनले विश्वविद्यालयहरू गुणस्तर सुधारभन्दा बढी सम्बन्धन वितरणमा केन्द्रित भएको आरोप लगाउँदै भने, ‘अहिले विश्वविद्यालयहरूको ध्यान सम्बन्धन दिनेमा मात्र छ। कसले धेरै सम्बन्धन दिने भन्ने कुरामा प्रतिस्पर्धा जस्तो देखिन्छ, तर विद्यार्थी संख्या विस्तारै घट्दै गएको अवस्था छ।’

मन्त्री पुनले खोज र अनुसन्धानमा आधारित शिक्षा प्रणाली विकास गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad