समाज


सप्तरीमा ९७८ किलो गाँजा बरामद

सप्तरीमा ९७८ किलो गाँजा बरामद

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १९:४०, काठमाडौँ

जिल्ला प्रहरी कार्यालय सप्तरीले ९७८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा जिल्ला सुनसरी धरान उपमहानगरपालिका–१३ बस्ने वर्ष २५ को संजय श्रेष्ठ रहेका छन्।

यही मंसिर ४ गते ४ गते राति सप्तरीको कन्चनरुप नगरपालिका–२ बरमझियामा गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा चेकजाँच गरेको थियो। 

फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना ५ ख ५३५ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा उक्त ट्रकमा २८ वटा सेतो बोराभित्र प्लाष्टिकले प्याक गरेको अवस्थामा ९७८ केजी लागुऔषध (गाँजा) फेला पारेको प्रहरीले जनाएको छ। 

प्रहरीले गाँजा बोकेको ना५ख ५३५ नम्बरको ट्रक र ट्रक चालक संजय श्रेष्ठलाई नियन्त्रणमा लिई लागुऔषध कसुरमा सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी डम्बर बहादुर पुरीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad