समाज


नक्कली पीएचडीधारी त्रिवि सहपरीक्षा नियन्त्रकविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली पीएचडीधारी त्रिवि सहपरीक्षा नियन्त्रकविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
मंसिर १०, २०८२ बुधबार १७:३३, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल, विराटनगरको सह-परीक्षा नियन्त्रक डिल्लिराम प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार प्रसाई‌विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाएको छ।

प्रसाईले आफूसँग नभएको योग्यता पीएचडी (विद्यावारिधि) पाएको भनी विवरण पेश गरी लाभ लिएको अख्तियारको ठहर छ।

अख्तियारका अनुसार त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालय, कीर्तिपुर काठमाडौंले सह-परीक्षा नियन्त्रक छनोट समितिको सूचना गोरखापत्र दैनिकमा २०८१ कात्तिक १७ गते पहिलो पटक ७(सात) दिनको म्याद राखी प्रकाशन गरेकोमा मिति २०८१।०५।२२ गते पुन: दोस्रो पटक ७ (सात) दिनको म्याद थप गरिएको सूचना प्रकाशन गरेको थियो।

उक्त अवधीमा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरको लागि चाहिने १ (एक) जना सह-परीक्षा नियन्त्रकको लागि ६ जना आवेदकले दरखास्त पेश गरेको देखिएको, कात्तिक ११ गते नै पद्म कन्या कयाम्पसमा कार्यरत प्रा.डा. जया लक्ष्मी प्रधान, त्रि.वि. रसायन शास्त्र विभागमा कार्यरत प्रा.डा. मोतिलाल शर्मा र प्रा.डा. मेघराज पोख्रेल रहने गरी तीन सदस्यीय छनोट समिति गठन गरी सह-परीक्षा नियन्त्रक छनोट गरी नियुक्तिका लागि सिफारिस गर्ने जिम्मेवारी दिएको पाइएको अख्तियारले जनाएको छ।

प्रसाईले २०८१ कात्तिक २६ गते सह-परीक्षा नियन्त्रक पदमा आवेदन दिई विद्यावारिधि वापतको अंकसमेत प्राप्त गरी अन्तिम नामावलीको १(एक) नम्बरमा सिफारिस भएका थिए। उनी त्रिवि रजिष्ट्रारबाट २०८१ मंसिर १८ गते क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरको लागि सह-परीक्षा नियन्त्रक पदमा सोही साल मंसिर १९ गतेदेखि लागू हुने गरी नियुक्ति लिन सफल भएका थिए।

प्रसाईले आवेदन साथ पेश गरेको कागजातहरुलाई आधार मानी छनोट तथा सिफारिस सम्बन्धी आधार तथा गणनामा उल्लेख भएको ९ वटा आधारहरू मध्ये विद्यावारिधि वापत ८ (आठ) अंक सामूहिक रुपमा प्रदान गरी अन्तिम नामावलीको १(एक) नम्बरमा सिफारिस गरेको कार्यसमेत वदनियतपूर्ण रहेको अख्तियारको ठहर छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad