समाज


८ पटकसम्म गर्भजाँच गराउने महिलाको महानगरले निशुल्क स्वास्थ्य बिमा गरिदिने

८ पटकसम्म गर्भजाँच गराउने महिलाको महानगरले  निशुल्क स्वास्थ्य बिमा गरिदिने

सांकेतिक तस्बिर


नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १४:३६, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आठ पटकसम्म गर्भ जाँच गर्ने गर्भवती महिलाको निशुल्क स्वास्थ्य बिमा गराउने भएको छ।

महानगरले आर्थिक वर्ष २०८२, ०८३ को वार्षिक कार्यक्रम अनुसार ८ पटकसम्म महानगरका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा जाँच गराएका गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा समावेश गराउने भएको हो।

गर्भवती महिलाको बिमा कार्यक्रममा समावेश गरेसँगै परिवारका सवै सदस्य पनि स्वतः बिमा कार्यक्रममाम आवद्ध हुने सूचनामा जनाइएको छ। 

बिमा कार्यक्रममा आवद्ध भएपछि गर्भवतीको नियमति स्वास्थ्य परीक्षण, जन्मेपछि बच्चाको स्वास्थ्य उपचार समेत निःशुल्क हुने महानगरको स्वास्थ्य शाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad