काठमाडौं महानगरपालिकाले वडा नं. १४ बल्खुस्थित अव्यवस्थित टहरा भत्काएको छ।
बल्खुको जनविकास माध्यमिक विद्यालय आसपासमा बाढीपीडित सुकुम्वासीहरूले बनाएका अस्थायी टहराहरू भत्काएको हो।
प्रभावित परिवारहरूले भने बस्ती फर्कने व्यवस्था नभएकाले यो कदम अन्यायपूर्ण भएको बताएका छन्।
महानगरका अनुसार यी टहराहरू सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका थिए। विद्यालय सञ्चालनमा बाधा पुर्याइरहेका थिए।
यो घटना महानगरपालिकाको अनधिकृत संरचना हटाउने निरन्तर अभियानको हिस्सा हो।
120
Shares

प्रतिक्रिया