समाज


काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही घट्यो

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही घट्यो

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार ६:४०, काठमाडौँ

काठमाडौँ उपत्यकासहित देशभर नै चिसो बढिरहेको छ।

आज (शुक्रबार) बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई जानकारी दिएको छ।

हिजो बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस थियो।

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: अपडेट गरिन्छ। त्यतिबेलासम्म न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ, कहिलेकाहीँ यही कायम रहन पनि सक्छ।

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम थोरै बढ्छ भने रातभर आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।  

मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad