समाज


त्रिवि उद्यानलाई प्राकृतिक रूपमै सौन्दर्यकरण गर्छौं: शिक्षामन्त्री पुन

त्रिवि उद्यानलाई प्राकृतिक रूपमै सौन्दर्यकरण गर्छौं: शिक्षामन्त्री पुन

नेपालखबर
मंसिर १३, २०८२ शनिबार २१:१, काठमाडौँ

शिक्षामन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयस्थित राज्याभिषेक उद्यानलाई प्राकृतिक रूपमै सौन्दर्यकरण गरिने बताएका छन्। 

मन्त्रीको कार्यभार सम्हालेलगत्तै उद्यानलाई पुनर्जीवन दिने घोषणा गरेका थिए। शनिबार उद्यानको निरीक्षणपछि प्राकृतिक स्वरुपमै पार्क निर्माणमा जोड दिएका हुन्। ‘उद्यानलाई अहिले जस्तो झाडीले ढाक्न दिइनेछैन र कृत्रिमता नझल्किने गरी सुन्दर बनाइनेछ,’ शिक्षामन्त्री पुनले भने, ‘विगतमा चितुवा लुक्ने झाडी रहेको उद्यानलाई राम्रोसँग हिँड्डुल्न गर्न मिल्ने स्थान बनाइनेछ।’

मन्त्री पुनले उद्यानको पुनर्जीवनले उच्च शिक्षाको केन्द्रीय थलोका रूपमा रहेको त्रिवि परिसर शृङ्गार गरे जत्तिकै हुने भन्दै यसका लागि सरकारले आर्थिक स्रोत खोजिरहेको जानकारी दिए। त्रिविलाई भौतिक रूपमा मात्र नभई शैक्षिक रूपमा समेत सुन्दर बनाउने आफ्नो सपना रहेको उनको भनाइ थियो। त्यसका लागि त्रिविलाई राजनीतिमुक्त बनाउनुपर्नेमा उनले जोड दिए। 

उद्यानको झाडी फाँड्ने र सरसफाइ गर्ने काममा गत ४५ दिनमा करिब चार हजार जनाले स्वयंसेवकका रूपमा खटिएका छन्। सरसफाइमा हरेक दिन २० देखि ३० जना र शनिबार चार सय जनासम्म सहभागी भइरहेको त्रिविले जनाएको छ। 

विभिन्न संस्थाले स्वस्फूर्त रूमा सरसफाइ गर्न आवश्यक औजार, खाजा खर्चसमेत गरी झण्डै पाँच लाख रुपैयाँ बराबरको सहयोग गरिसकेका र हाल झाडी फाँड्ने काम ९० प्रतिशत सकिएको मन्त्री पुनलाई जानकारी गराइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad