समाज


सुक्खा मौसम लागेसँगै आगलागीका घटना बढ्यो

सुक्खा मौसम लागेसँगै आगलागीका घटना बढ्यो

फाइल तस्बिर


नेपालखबर
मंसिर १४, २०८२ आइतबार ७:१६, काठमाडौँ

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गते बिहान १० बजेसम्म देशभर कुल १७ वटा विपद्का घटना भएका छन्। विपदमा परेर कूल ४९ लाख १८ हजार पाँच सय बराबरको क्षति भयो। 

कुल विपद्का घटनामध्ये सबैभन्दा बढी १४ आगलागीका घटना थिए। त्यस दिन झापा जिल्लामा मात्रै चार आगलागीका घटना भएका थिए। कैलालीमा दुई तथा मोरङ, सङ्खुवासभा, रौतहट, बारा, काठमाडौँ, नवलपरासी पश्चिम, जुम्ला र कञ्चनपुरमा एकरएक आगलागीका घटना भएका थिए। चिसो बढ्दै गए पनि आगलागीका घटनामा वृद्धि भएको छ। 

प्राधिकरणका अनुसार, मंसिर १० गते बिहान १० बजेदेखि ११ गतेको बिहानसम्म कूल १७ वटा विपद्का घटना भए। त्यस दिन पनि १३ वटा आगलागीका घटना भएका थिए भने सप्तरी, बर्दियामा सर्पदंश र मोरङमा दुई वटा जनावर आक्रमणका घटना भएका थिए। मोरङमा तीन, पर्सामा दुई, सिरहा, सर्लाही, ललितपुर,कास्की, बाग्लुङ, पर्वत, कपिलवस्तु र रुपन्देहीमा आगलागीका घटना भए। त्यस दिन कुल १९ लाख ९६ हजार बराबरको क्षति भयो। 

प्राधिकरणका अनुसार, मङ्सिर नौ गते बिहान १० बजेदेखि १० गते बिहानसम्म कूल १३ विपद्का घटना भए। त्यसमा १० वटा आगलागीका मात्रै घटना भए। सोलुखुम्बुमा डढेलो, कञ्चनपुरमा सर्पदंश र पाँचथर र ताप्लेजुङमा जनावर आक्रमणका घटना भए। मोरङ, सुनसरी, दुई, झापा, ताप्लेजुङ, कास्की, दाङ र कञ्चनपुरमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार, विपद्का कारण १८ लाख ४३ हजार बराबरको क्षति भयो। 

यस्तै, मङ्सिर ७ गते बिहानदेखि आठ गते बिहानसम्म कूल १८ वटा विपद्का घटना भए। त्यस दिन झापामा सर्पदंश, सिन्धुपाल्चोक र हुम्लामा जनावर आक्रमणको घटना भएका थिए। सर्लाहीमा तीन, गुल्मीमा दुई तथा  मोरङ, रौतहट, बारा, काठमाडौँ, कास्की, बाग्लुङ, कपिलवस्तु, बाँके र कैलालीमा एक एक आगलागीका घटना भए। त्यस दिन ५० लाख आठ हजार बराबरको क्षति भएको थियो। 

सुक्खा मौसम शुरु भए लगत्तै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएकाले सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ। छिट्टै आगो टिप्ने सामग्री नराख्न, ज्वलनशील पदार्थको पहुँचबाट टाढा रहन र आगजनीबाट जोगिन प्राधिकरणले सबैलाई आग्रह गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad