समाज


सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २५ वर्षका युवकको मृत्यु, अर्का घाइते

सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २५ वर्षका युवकको मृत्यु, अर्का घाइते

नेपालखबर
मंसिर १४, २०८२ आइतबार ७:२७, काठमाडौँ

सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक घाइते भएका छन्। 

आज बिहान दुधौली नगरपालिका- २ गागनस्थित मदन भण्डारी राजमार्गमा पोखराबाट कटारीतर्फ जाँदै गरेको बा.३ ख ७४६२ नम्बरको बसले  डकाहाबाट झुघातर्फ जाँदै गरेको ज.८ प ८१६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा दुधौली नगरपालिका- ३ का २५ वर्षीय महेश कुमरको मृत्यु भएको हो। दुर्घटनामा कमलामाई नगरपालिका १४ घर भएका करिब २६ वर्षीय दिपेश कुमर घाइते भएका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका महेशको उपचारको क्रममा दुधौली नगर अर्का घाइतेको सोही अस्पतालमा उपचार भइरहेकोछ।  

घटनापछि बस चालक उदयपुरको कटारी नगरपालिका-३ घर भएका ३२ वर्षीय श्याम कुमार भट्टराई फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

घटनाको जानकारी पाएपछि प्रहरी चौकी हतपतेबाट प्रहरी सहायक निरीक्षक र इलाका प्रहरी कार्यालय ढकाहाबाट प्रहरी निरक्षकको कमाण्डमा खटिएको प्रहरीले मृतक र घाइतेको उद्धार गरेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad