समाज


एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको सूचना

एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको सूचना

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १६:०, काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका सम्पूर्ण एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य उपलब्ध गराउन सूचना जारी गरेको छ।

आज एक सूचना जारी गर्दै यही मङ्सिर २१ गतेभित्र अनिवार्य रुपमा मन्त्रालयको इमेल ठेगानामा विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।

आम नागरिकलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री एम्बुलेन्स र शववाहन सेवाका लागि एकीकृत प्रणालीलाई सुदृढीकरण गर्न आवश्यक रहकाले हाल नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण एम्बुलेन्स तथा शववाहनहरुको विवरण सम्बन्धित सेवा प्रदायक संस्थाहरुले पठाउनुपर्ने मन्त्रालयले जनाएको छ।

हाल एम्बुलेन्स सेवा निर्देशिका, २०८२ र शववाहन सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७७ कार्यान्वयनमा छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad